भाेलि यी ठाँउमा जादैछ १२ घण्टा बिजुली

Aug 07, 2026 01:23 PM Merolagani



नेपाल विद्युत् प्राधिकरणले पूर्वी नेपालका केही जिल्लामा शनिबार १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणका अनुसार शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ ।

प्राधिकरणले मोरङस्थित केरौन १३२/३३ केभी सबस्टेसनका उपकरणहरूको परीक्षण तथा सञ्चालन र दुहबी–दमक १३२ के.भी. प्रसारणलाइनअन्तर्गत केरौनस्थित टावर नं. ६८ र ६९ बीच डेड एन्ड टावर जडान गर्न अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।