एनएमबि सरल बचत फण्ड–इले इकाईधनीलाई प्रतिफल दिने

Aug 07, 2026 02:33 PM Merolagani



एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको एनएमबि सरल बचत फण्ड–इ (@NMBSBFE@)ले आफ्ना इकाईधनीलाई प्रतिफल वितरण गर्ने भएको छ। फण्डको व्यवस्थापनमा रहेको एनएमबि क्यापिटलको निर्णयअनुसार गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीलाई प्रतिफल वितरण गर्न लागिएको हो।

एनएमबि सरल बचत फण्ड–इ का इकाईधनीलाई करसहित ५.२५ प्रतिशत अर्थात् २५ करोड ६८ लाख रुपैयाँ बराबरको नगद प्रतिफल वितरण गर्ने निर्णय भएको छ।

फण्डको २०८३ साल असार मसान्तमा कायम ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार ९७८ रुपैयाँ ४० पैसा इकाई पुँजीको आधारमा उक्त प्रतिफल वितरण गरिनेछ।

प्रतिफल प्राप्त गर्न साउन २१ गतेसम्म कायम इकाईधनीहरू योग्य हुनेछन्। सोहीअनुसार साउन २१ गतेसम्म कायम इकाईधनीले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

प्रतिफल वितरणका लागि इकाईधनीको बैंक खाता तथा व्यक्तिगत विवरण अद्यावधिक हुनुपर्नेछ। कम्पनीले लगानीकर्तालाई आफ्नो विवरण अद्यावधिक राख्न आग्रह गरेको छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।