कोष र अस्पतालबीच भएको द्विपक्षीय सम्झौताअनुसार अब कोषसँग आवद्ध व्यक्तिहरूले विभिन्न उपचार सेवामा सहुलियत पाउनेछन्। सम्झौता पत्रमा नागरिक लगानी कोषका तर्फबाट निर्देशक हेमन्त पोखरेल र मनकामना अस्पतालका तर्फबाट बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूले अस्पतालले प्रदान गर्ने सामान्य स्वास्थ्य सेवाहरूमा २० प्रतिशत छुट पाउनेछन्। यसका अतिरिक्त सिटी स्क्यानमा १० प्रतिशत, अपरेशन (शल्यक्रिया) मा १० प्रतिशत छुट र औषधि खरिदमा ५ प्रतिशत छुट दिइनेछ ।
यो सुविधा लिनका लागि कोषका सहभागी, शेयरधनी वा कर्मचारीले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात पेस गर्नुपर्नेछ। जसका लागि परिचयपत्र, कोषमा आबद्ध भएको प्रमाणपत्र वा अन्य पहिचान खुल्ने कागजात अस्पतालको प्रशासनमा देखाउनुपर्ने व्यवस्था गरिएको छ।
यस सम्झौताले नागरिक लगानी कोषमा आबद्ध देशभरका ठुलो संख्याका सहभागीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहुलियत दरमा पहुँच पुर्याउने विश्वास लिइएको छ।