नाइमा मोबिलिटी एक्स्पोको दोस्रो दिन पनि अवलोकनकर्ताको उत्तिकै भीड

Aug 12, 2026 03:49 PM Merolagani



काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोको आज दोस्रो दिन पनि अवलोकनकर्ताको उल्लेख्य उपस्थिति रहेको छ ।

प्रदर्शनीको पहिलो दिन मंगलबार मात्र २९ हजारभन्दा बढीले अवलोकन गरेकोमा दोस्रो दिन पनि हजारौंको संख्यामा उपस्थिति रहेको आयोजकले जनाएको छ ।

 

५५ वटा ब्रान्डमध्ये ४० वटा नयाँ ब्रान्डको लन्च गरिएको प्रदर्शनीमा नयाँ गाडी किन्ने ग्राहकहरुको उत्तिकै सहभागीता रहेको छ । विभिन्न नयाँ कम्पनीका गाडीहरुको बारेमा बुझ्न चाहने र प्रदर्शनी हेर्न जाने आगन्तुकहरु समेत बढ्दै गएका छन् ।

आगामी साउन ३१ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा नयाँ विद्युत्तीय सवारी र अन्य सवारीहरु किन्न चाहने ग्राहकहरुले एउटै छानामुनी सेवा पाउने अवसर समेत जुटेको हो ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।