तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा बिहीबारमतदातासँगको भेटघाटमा उनले यस्ताे बताएका हुन् ।
उनले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए। सीमित स्रोतसाधनकाबीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले भने, ‘बजेटका सीमाहरु छन्, रकम थोरै छ। जनताका अपेक्षा धेरै छन्। जुन बस्तीमा पुगेपनि जनताले खानेपानी, सडक, विद्यालय, स्वास्थ्यचौकी, तटबन्धन, खेलमैदानका माग गर्नुहुन्छ, सरकारले सक्दो त्यसलाई सम्बोधन गर्न प्रयास गरिरहेको छ।’