सुन र चाँदीको मूल्यमा उच्च वृद्धि : सुन प्रतितोला ३ लाख ५ हजार नाघ्यो

Aug 16, 2026 11:20 AM Merolagani



नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको हो।

महासंघले आजका लागि सुनको कारोबार मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ निर्धारण गरेको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। 

सुनसँगै चाँदीको मूल्यमा पनि आइतबार वृद्धि देखिएको छ। चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार ९० रुपैयाँले घटेर चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा झरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च बिन्दुमा पुगेको छ। आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ३७६ दशमलव ६२ डलर र चाँदी प्रतिऔँस ६४ दशमलव ७ डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।