१२ करोड लागतमा निर्मित गणित विज्ञान भवन हस्तान्तरण

Aug 17, 2026 05:23 PM Merolagani



त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको गणित विज्ञान स्कूलले निर्माण सम्पन्न भएको छ । लामो समयपछि अन्तरालपछि गणित विज्ञान स्कूल आफ्नै अत्याधुनिक भवन प्राप्त गरेको हो।

त्रिवि सामान्य प्रशासन महाशाखाले बहुवर्षीय योजना अन्तर्गत कुल १२ करोड २१ लाख ३ हजार ७ सय ६७ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको त्रिवि म्याथम्याटिकल साइन्सेज भवन औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।

भवन निर्माणका लागि २०७२ साल भदौमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । २०७६ साल भदौमा निर्माण कार्य पूर्ण भए तापनि स्वामित्व र प्रयोगको विषयलाई लिएर उत्पन्न विवादका कारण यो भवन विगत सात वर्षदेखि उपभोगविहीन र जीर्ण अवस्थामा पुगेको थियो ।

सुरुवातमा रजिष्ट्रार कार्यालयले उक्त भवन गणित विज्ञान स्कूललाई हस्तान्तरण नगरी गणित, तथ्याङ्कशास्त्र र कम्प्युटर विज्ञान केन्द्रीय विभागहरूलाई सुम्पेको थियो । तर, ती विभागहरूले चार वर्षसम्म पनि भवन प्रयोगमा नल्याएपछि त्यहाँ सेन्ट्रल ल्याब बनाउने निर्णय समेत भएको थियो ।

दशक लामो संघर्ष र निकास

आफ्नै नाममा भवन बने पनि विगत १० वर्षदेखि जनप्रशासन क्याम्पसको साँघुरो स्थानमा कक्षा सञ्चालन गर्दै आएको गणित विज्ञान स्कूलले भवनका लागि निरन्तर पहल गरिरहेको थियो । स्कूलका तर्फबाट भवन उपलब्ध गराउन नसकिने भए जग्गा उपलब्ध गराइयोस् हामी आफैँ बनाउँछौ भन्नेसम्मको अडान राखेपछि त्रिवि कार्यकारी परिषदले निकास निकालेको हो ।

परिषदको बैठकले उक्त भवन गणित विज्ञान स्कूलका साथै गणित, तथ्याङ्कशास्त्र र कम्प्युटर विज्ञान केन्द्रीय विभागले संयुक्त रूपमा स्वामित्व लिने गरी मार्गप्रशस्त गरेको थियो ।

त्रिवि सामान्य प्रशासन महाशाखा प्रमुख राजबहादुर राईले एक विशेष कार्यक्रमका बीच गणित विज्ञान स्कूलका नि. निर्देशक केशवराज फुलारा, गणित केन्द्रीय विभागका प्रमुख प्रा.डा. चेतराज भट्ट, तथ्याङ्कशास्त्रका प्रमुख माधव कुमार भुसाल र कम्प्युटर विज्ञानका प्रमुख डा. धिरज केदार पाण्डेलाई संयुक्त रूपमा भवनको स्वामित्व हस्तान्तरण गरेका हुन।

भवन प्राप्तिसँगै निर्देशक फुलाराले अब छिट्टै भवनको मर्मत सम्भार गरी अत्याधुनिक कक्षाकोठा र सेमिनार हल सञ्चालनमा ल्याइने बताए । विश्वबजारमा उच्च माग भएका एक्च्युरियल साइन्स र डाटा साइन्स जस्ता प्राविधिक विषयहरूको अध्ययन–अध्यापन अब आफ्नै व्यवस्थित भवनबाट हुनेछ ।

त्रिविका निमित्त रेक्टर एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा. शंकर प्रसाद खनालले आधुनिक फर्निचर र प्रविधिसहित चाँडोभन्दा चाँडो नयाँ भवनमा सर्न निर्देशन दिएका छन । यो हस्तान्तरणसँगै त्रिविको गणितीय र तथ्याङ्कीय शैक्षिक प्राज्ञिक वातावरणमा नयाँ उत्साह थपिने विश्वास लिइएको छ ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।