प्रधानमन्त्री शाह र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता- सुशासन र समृद्धिलाई प्राथमिकता

Aug 19, 2026 05:13 PM Merolagani



प्रधानमन्त्री वालेन्द्र शाह र संघीय सरकारका माननीय मन्त्रीहरूबीच चालु आर्थिक वर्ष २०८३/८४ मा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक विशेष कार्यक्रमकाबीच मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरी सम्झौताको प्रति आदानप्रदान गरेका हुन् ।

सरकारले लिएका लक्ष्यहरूलाई समयसीमाभित्रै पुरा गर्न र मन्त्रालयहरूको कामलाई नतिजामुखी बनाउन यो सम्झौता गरिएको हो। सम्झौता मुख्यतया सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित विषयहरूमा केन्द्रित रहेको छ। यस प्रक्रियाले सरकारको कार्यशैलीलाई थप जिम्मेवार र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

 

मन्त्रीहरूका अतिरिक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौता गरेका छन्। कर्मचारीतन्त्रको नेतृत्व गर्ने मुख्यसचिव र राजनीतिक नेतृत्व सम्हाल्ने मन्त्रीहरूसँगको यो सम्झौताले नीति कार्यान्वयनमा थप सहजता ल्याउने विश्वास लिइएको छ।

सम्झौतामा उल्लेख गरिएका माइलस्टोन (प्रमुख कार्यविन्दु) र सूचकका आधारमा आगामी दिनमा मन्त्रालयहरूको कामको समीक्षा र मूल्याङ्कन गरिनेछ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।