भारतको कर्पाेरेट क्षेत्रमा ‘क्रिकेट फोबिया’ ! क्रिकेटमा प्रायोजन गर्ने वित्तिकै कसरी डुबिरहेका छन् चर्चित कम्पनीहरु

Aug 20, 2026 06:20 PM Mero lagani



क्रिकेट र भारत ! यी यस्ता शब्द हुन्, जसलाई अलग गर्न सकिदैंन ।

स्वभाविक हो, क्रिकेट धेरै देशमा खेलिन्छ र क्रिकेटका समर्थकहरु कुनै एक देशमा होइन विश्वका लगभग सबै देशमा छन् । तर, भारतमा जस्तो क्रिकेटमा लगानी, अन्ध समर्थकहरु र खेल प्रतिको उत्साह विश्वका कमै देशमा मात्र देख्न पाइन्छ । त्यसैले क्रिकेट केवल खेल मात्र होइन, राष्ट्रिय एकताको प्रतिक नै मानिन्छ । भारतीय क्रिकेट क्लवहरुको प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपियल) विश्वको सबैभन्दा ठूलो क्लव प्रतियोगिता मानिन्छ ।

तर, त्यही भारतमा  कर्पाेरेट जगतको लागि भने क्रिकेट असफलताको प्रतिक बन्न पुगेको छ ।भारतीय क्रिकेट टीमलाई जुन व्यवसायिक घरानाले प्रायोजन गर्यो, त्यही कम्पनी या त टाट पल्टिएका छन्, या त अनेकौं कानुनी झमेलामा परिरहेका छन् । यस्तो लाग्छ—क्रिकेट राष्ट्रियताको प्रतिक हो र साथसाथै व्यवसायिक असफलताको पनि प्रतिक हो ।

 

कुनै एउटा वा केही वर्षको घटना मात्र होइन, तीन दशक लामो इतिहास साक्षी छ—जुन व्यवसायिक कम्पनीले भारतीय क्रिकेटमा लगानी गर्यो, या त त्यो डुब्यो, या त अनेकौं कानुनी झमेलामा फस्यो ।

यही दृष्टान्तको कारण एक वर्ष अगाडि सन् २०२५ को अगस्ट २४ तारिखमा उद्योगपति हर्ष गोयन्काले अन्य उद्योगपतिहरुलाई चेतावनी जस्तै लाग्ने टिप्पणी लेखेका थिए—आफ्नो ब्रान्ड कति टिकाउ छ भनेर परीक्षण गर्न चाहनुहुन्छ ? स्टक मार्केटलाई छोड्नुहोस्, भारतीय क्रिकेट टिमलाई प्रायोजन गरेर हेर्नुहोस्  ! 

उनको यो भनाई कैंयौं महिना भाइरल भएको थियो । हुन पनि पछिल्ला तीन दशकको इतिहास हेर्दा एउटा अनौठो संयोग देखिन्छ। जर्सीमा ठूलो लोगो राखेका केही कम्पनीहरू त्यसपछि आफैं ठूलो संकटमा परेका छन्।

Sahara India, Oppo, Byju’s, Paytm र Dream11 जस्ता नामहरू जोडेर हेर्दा सामाजिक सञ्जालमा अहिले यसलाई ‘Team India Jersey Jinx’ अर्थात् भारतीय क्रिकेट जर्सीको ‘अशुभ प्रभाव’ भन्न थालिएको छ।

ITC बाट सुरु भएको यात्रा

भारतीय क्रिकेट टिमको प्रमुख जर्सी प्रायोजनको आधुनिक इतिहास १९९० को दशकमा ITC को Wills ब्रान्डबाट सुरु भएको मानिन्छ।

ITC/Wills ले १९९३ देखि २००१ सम्म भारतीय क्रिकेटसँग आफ्नो ब्रान्ड जोड्यो । तर पछि भारतमा सुर्तीजन्य उत्पादनको विज्ञापनसम्बन्धी नियमन कडा हुँदै गएपछि यस्तो प्रायोजनलाई निरन्तरता दिन कठिन भयो । अर्थात् पहिलो ठूलो प्रायोजकको बहिर्गमन पनि बजारभन्दा बढी नियमनसँग जोडिएको थियो।

साहारा इण्डिया : सबैभन्दा ठूलो क्रिकेटकर्पोरेटपतन

सन् २००१ मा साहारा इण्डिया  भारतीय क्रिकेट टिमको मुख्य प्रायोजक बन्यो।

करिब १२ वर्षसम्म भारतीय जर्सीमा साहारा इण्डियाको नाम देखियो । त्यो समय भारतीय क्रिकेटमा साहारा इण्डिया  केवल प्रायोजक मात्र थिएन—क्रिकेटसँग उसको सम्बन्ध अत्यन्त गहिरो थियो।

तर पछि साहारा इण्डिया आफैं ठूलो कानुनी तथा वित्तीय विवादमा फस्यो।

भारतीय बजार नियामक SEBI सँगको विवादमा लगानीकर्ताबाट उठाइएको ठूलो रकम फिर्ता गर्ने विषयमा कम्पनी समस्यामा पर्यो। सन् २००१ देखि २०१३ सम्म लामो समय टोलीको मुख्य स्पोन्सर रहेको सहारा समूह गैरकानूनी रूपमा नियमानुसार विपरीत ३० करोड लगानीकर्ताहरूबाट  २४,००० करोड रुपैयाँ उठ्याएको अभियोगमा SEBI को कारबाहीमा पर्यो।  विवादका क्रममा साहारा इण्डियाका प्रमुख सुब्रत रोय पक्राउसमेत परे। अन्ततः कम्पनी नै टाट पल्टियो । यसरी भारतीय क्रिकेटको सबैभन्दा लामो समयको ठूलो प्रायोजकमध्ये एक कर्पोरेट संकटको प्रतीक बन्न पुग्यो । 

स्टार इण्डिया: प्रायोजनले झण्डै डुबायो

साहारा पछि २०१४–२०१७ बीच स्टार इण्डिया  भारतीय क्रिकेटमा आयो । संयोग नै भनौं भारतीय क्रिकेटसंग प्रायोजन सम्झौता गरेको केही समयमै कम्पनी अनेकौँ झमेलामा फस्यो ।

स्टार इण्डिया क्रिकेटबाट बाहिरियो, तर कम्पनी डुबेन। कम्पनी डुब्नबाट बाल बाल बच्यो । तर, भारतीय क्रिकेटसंगको प्रायोजनको अवधिमा कम्पनीले भोग्नु परेको अनेकौं झण्झट निकै पिडादायी भएको कम्पनीका अधिकारीहरुको भनाइ उल्लेख गर्दै संचार माध्यमहरुले समाचार प्रशारण गरेका थिए ।

Oppo : रेकर्ड सम्झौता, तर बीचमै अधिकार हस्तान्तरण

२०१७ मा चिनियाँ स्मार्टफोन कम्पनी Oppo भारतीय क्रिकेट टिमको मुख्य जर्सी प्रायोजक बन्यो ।

उसको सम्झौता १० अर्व ७९ करोड भारतीय रुपैंया बराबरको थियो, जुन त्यस समयको अत्यन्त ठूलो खेल–प्रायोजन सम्झौता थियो । प्रायोजन सम्झौतापछि कम्पनीको अवस्था सुधार हुनुको साटो झन भद्रगोल भयो । विक्री पनि बढ्न सकेन । फलस्वरुप दुई वर्षमै  Oppo ले आफ्नो बाँकी जर्सी अधिकार अर्को कम्पनी  Byju’s लाई हस्तान्तरण गर्‍यो।

यसरी डुब्यो Byju’s

भारतीय क्रिकेट जर्सीको इतिहासमा सबैभन्दा चर्चित पतन सम्भवतः Byju’s को हो। २०१९ मा Byju’s भारतीय क्रिकेट टिममा आयो ।

तर त्यसपछि दृष्य बदलियो । कम्पनी एकाएक डुब्यो । कम्पनीको कूल सम्पत्ती २०२२ मा २२ अर्ब डलर रहेकोमा  सन् २०२३ मा ३ अर्ब डलरमा झर्यो । अर्थात एक वर्ष भित्र कम्पनीले १९ अर्व डलर गुमायो र त्यसको केही समयमै कम्पनी सम्पूर्णरुपमा टाट पल्टियो । भारतीय क्रिकेट काउन्सिल (विसिसिआई)ले शर्त अनुसार कम्पनीले प्रायोजना वापतको रकम नदिएको आरोप लगाउँदै अदालतमा मुद्धा दायर गर्यो । भारतीय क्रिकेट काउन्सिल (विसिसिआई)ले शर्त अनुसार कम्पनीले प्रायोजना वापतको रकम नदिएको आरोप लगाउँदै अदालतमा मुद्दा दायर गर्यो । यो मुद्दाकाे अन्तिम फैसला अझै भएको छैन, अर्थात मुद्दा चलिरहेको छ । 

Paytm : क्रिकेटले अत्यायो

Paytm को कथा अलि फरक छ।

Paytm ले २०१५ देखि भारतीय घरेलु अन्तर्राष्ट्रिय क्रिकेटको मुख्य प्रायोजक सम्हाल्यो। त्यसपछि कम्पनीको अवस्था सुधार हुनुको साटो झन झन विग्रन थाल्यो । बाहिरबाट हेर्दा प्रायोजनको कारण कम्पनीको प्रचार प्रसार भइरहेको थियो, तर आन्तरिक अवस्था भने लथालिंग बन्दै थियो ।

२०२२ मा Paytm ले आफ्नो प्रायोजक  अधिकार Mastercard लाई हस्तान्तरण गर्‍यो। रिपोर्टअनुसार Paytm ले लागत घटाउने उद्देश्यले आफ्नो sponsorship rights reassignment गर्न खोजेको थियो।

अहिले Paytm आफैं नियामकीय र बजार दबाबबाट गुज्रिरहेको छ।

अगस्ट २०२६ मा Paytm ले करिब ४.९८ प्रतिशतसम्म हिस्सेदारी बिक्री गर्ने योजना सार्वजनिक भएको छ।

अर्कोतर्फ, SEBI ले अगस्ट २०२६ मा Paytm को २०२३ को loan disclosure को सम्बन्धमा कारवाही अगाडि बढाउने घोषणा गरेको छ । अर्थात् Paytm पनि कठिन समयबाट गुज्रिरहेको छ

Dream11 : पैसा थियो, तर कानूनले बाटो बन्द गरिदियो

अब सबैभन्दा नयाँ र रोचक उदाहरण हो Dream11।

२०२३ मा विसिसिआईले Dream11 लाई भारतीय क्रिकेट टीमको मुख्य प्रायोजक घोषणा गरेको थियो। सम्झौता तीन वर्षका लागि थियो।

२०२५ मा भारतले real-money online gaming माथि कडा कानुनी प्रतिबन्ध ल्यायो। नयाँ व्यवस्थाले यस्तो gaming को विज्ञापन माथिसमेत रोक लगायो।

त्यसपछि Dream11 को भारतीय क्रिकेट प्रायोजक  कायम राख्नु नै व्यावसायिक रूपमा कठिन भयो। विसिसिआई ले पनि साझेदारी अचानक अन्त्य गर्नुपरेको बतायो।

 एपोलो टायर्स  : अपवाद होला ?

१६ सेप्टेम्बर २०२५ मा विसिसिआईले एपोलो टायर्सलाई भारतीय क्रिकेटको नयाँ मुख्य प्रायोजक  घोषणा गर्‍यो।

सम्झौता मार्च २०२८ सम्म, अर्थात् करिब २.५ वर्षका लागि हो। यस्को अवस्था विगतका अन्य प्रायोजकको जस्तो विचल्लीपूर्ण होला कि अपवाद बनेर सफल होला त्यो भने अहिल्यै भन्न सकिदैन । 

आखिर किन भारतीय क्रिकेटका प्रायोजकहरू बारम्बार संकटमा पर्छन् ?

पहिलो कारण : भारतीय क्रिकेटको जर्सी असाध्यै महँगो छ । भारत विश्वकै सबैभन्दा मूल्यवान क्रिकेट बजार हो।  त्यसैले जर्सीमा अगाडिको लोगो राख्न कम्पनीहरूले सयौँ करोड रुपैयाँ खर्च गर्न तयार हुन्छन्। तर समस्या के हो भने ब्रान्ड को प्रचार त निकै हुन्छ, तर त्यो अनुसार प्रतिफल आउँदैन ।

भारतीय क्रिकेटको व्यापक पहुँचका कारण स्पोन्सरशिपको रकम अत्यधिक महँगो हुन्छ (वर्षको सयौँ करोड रुपैयाँ)। उच्च जोखिम भएका र रातारात तीव्र वृद्धि (Aggressive hyper-growth) हासिल गरेका कम्पनीहरूले ब्रान्ड प्रवर्द्धनका लागि विसिसिआईसँग ठूला सम्झौता त गर्छन्, तर आन्तरिक वित्तीय कमजोरी वा नियमनकारी परिवर्तनका कारण उनीहरूको पतन हुने गर्छ। उदाहरणका लागि Oppo को २०१७–२२ सम्झौताको मूल्य १० अर्व ७९ करोड भारतीय रुपैयाँ थियो । Apollo Tyres को २०२५–२८ सम्झौता  ५ अर्व ७९ करोड भारतीय रुपैंया  छ।

क्रिकेटमा स्पोन्सर गर्दा ब्रान्ड 'फेमस' त हुन्छ, तर यसले कम्पनीको आन्तरिक संस्थागत सुशासन (Corporate Governance), गुणस्तर र नाफा सुनिश्चित गर्दैन। आधारभूत बिजनेस मोडेल कमजोर हुँदा जतिसुकै ठूलो प्रचारले पनि पतन रोक्न सक्दैन।

 




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।