पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे धितोपत्र बोर्ड र प्राज्ञिक व्यक्तित्वबीच नीति संवाद

Aug 21, 2026 07:24 PM Merolagani



नेपाल धितोपत्र बोर्डले पुँजी बजारको विकास र सुधारका लागि नयाँ वित्तीय उपकरणका सम्बन्धमा विभिन्न विश्वविद्यालयका वित्त शास्त्रका प्राज्ञिक व्यक्तित्वहरूसँग पहिलोपटक नीति संवाद (Policy Dialogue) कार्यक्रम सम्पन्न गरेको छ।

पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे धितोपत्र बोर्ड र प्राज्ञिक व्यक्तित्वबीच नीति संवाद ललितपुर, ५ भदौ । नेपाल धितोपत्र बोर्डले पुँजी बजारको विकास र सुधारका लागि नयाँ वित्तीय उपकरणका सम्बन्धमा विभिन्न विश्वविद्यालयका वित्त शास्त्रका प्राज्ञिक व्यक्तित्वहरूसँग पहिलोपटक नीति संवाद (Policy Dialogue) कार्यक्रम सम्पन्न गरेको छ। बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको अध्यक्षतामा ललितपुरस्थित बोर्डको कार्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो। धितोपत्र बजारमा नयाँ उपकरणहरूको प्रवेशका लागि बोर्डले तयार पारेका विभिन्न ‘कन्सल्टेसन पेपर’ तथा ‘पोलिसी पेपर’ सार्वजनिक गरिसकेको सन्दर्भमा सो उपर विषय विज्ञहरूको अवधारणा र सुझाव संकलन गर्न यो संवाद आयोजना गरिएको थियो। छलफलमा विशेषतः बोर्डले हालै अघि सारेका मार्जिन ल्यान्डिङ (Margin Lending), अन्तरदिवसीय कारोबार (Intraday Trading), धितोपत्र उधारो तथा सापटी (Securities Lending and Borrowing - SLB) र शर्ट सेलिङ (Short Selling) सम्बन्धी अवधारणाका साथै समग्र पुँजी बजारको विकासका विविध पक्षमा विस्तृत विमर्श भएको थियो। कार्यक्रममा सहभागी विज्ञहरूले बोर्डले पुँजी बजारको विकासका लागि रुपान्तरणकारी कार्यक्रमहरू अघि सारेको भन्दै खुसी व्यक्त गरे। उनीहरूले नयाँ उपकरणहरू अधिक प्राविधिक प्रकृतिका भएकाले यसलाई वित्तीय नवप्रवर्तन (Financial Innovation) का रूपमा विकास गर्न र यस्ता उपकरणमा हुन सक्ने जोखिमका बारेमा लगानीकर्तालाई वित्तीय साक्षरता प्रदान गर्नुपर्नेमा जोड दिए। नीति सार्वजनिक गर्नुअगाडि प्राज्ञिक क्षेत्रसँग सुरु गरिएको यस प्रकारको संवादले सिद्धान्त र व्यवहारबीच सामञ्जस्यता कायम भई कार्यान्वयनमा सहजता आउने धारणा वक्ताहरूले राखेका थिए।

बोर्डले प्राज्ञिक क्षेत्रका विज्ञहरूसँगको सहकार्यलाई निरन्तरता दिने र उनीहरूको सुझावलाई समेटेर दीर्घकालीन नीति तय गर्दा बजारको प्रभावकारिता अझ बढ्ने विश्वास लिएको छ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।