अचानक १५० पाकिस्तानी दुलही किन भारत पुगे ?

Aug 24, 2026 12:48 PM Merolagani



अचानक १५० पाकिस्तानी दुलही भारत पुगेका छन् । भारत र पाकिस्तानबीच तनाव बढेपछि रोकिएको विवाहको सिलसिला फेरि अघि बढेका कारण उनीहरू भारत पुगेका हुन् ।

भारतको अपरेशन सिन्दूरपछि भिसा र वाघा-अटारी सीमाबाट आवागमनमा रोक लाग्दा भारतमा विवाह गर्न लागेका पाकिस्तानको सिन्ध प्रान्तका करिब १५० महिलाको विवाह रोकिएको थियो। अहिले उनीहरू वैकल्पिक हवाई मार्ग हुँदै भारत पुगेका छन्। नागपुरमा बसोबास गर्ने सिन्धी समुदायका नेता राजेश झम्बियाका अनुसार लामो प्रयासपछि भारत सरकारले सिन्धी महिला र उनीहरूका आफन्तलाई विवाहका लागि भारत आउन भिसा दिएको हो।

‘लामो पर्खाइ अन्ततः समाप्त भयो,’ झम्बियाले आइतबार भने। उनका अनुसार पाकिस्तानबाट आएका दुलही र उनीहरूका आफन्त मस्कट, दुबई, श्रीलंका, ओमान, बंगलादेशलगायत देश हुँदै भारत पुगेका हुन्। भारत प्रवेशका लागि उनीहरूले हवाई यात्रा गर्नुपर्ने सर्त राखिएको थियो।

अपरेशन सिन्दूर भारतले सन् २०२५ मा जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि सुरु गरेको सैन्य अभियान थियो। उक्त हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो। त्यसपछि भारत र पाकिस्तानबीचको आवागमनमा थप कडाइ गरिएको थियो।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।