सामसङ नेपालद्वारा विशेष 'मनसुन अफर' सार्वजनिक: टिभी र होम अप्लायन्सेसमा २३ प्रतिशतसम्म क्यासब्याक

Aug 24, 2026 02:57 PM Merolagani



सामसङ नेपालले आफ्ना ग्लोबल नम्बर १ टिभी तथा होम अप्लायन्सेसहरूमा २३ प्रतिशतसम्मको क्यासब्याक र आकर्षक उपहारसहित 'विशेष मनसुन अफर' ल्याएको छ । यस अफरले उपभोक्ताको घरमा थप आराम र खुसी भित्र्याउने कम्पनीको विश्वास छ ।

सामसङ नेपालले यस मनसुनमा उपभोक्ताहरूका लागि आफ्नो नवीनतम टिभी, वासिङ मेसिन र रेफ्रिजेरेटर रेन्जमा विशेष अफर प्रस्तुत गरेको हो । प्रिमियम प्रविधि र सुविधालाई अझ सहज रूपमा उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले ल्याइएको यस अफरले घरायसी उपकरणहरू अपग्रेड गर्ने अवसर प्रदान गर्नेछ । अफर अन्तर्गत चुनिएका होम अप्लायन्सेसहरूमा २३% सम्मको क्यासब्याक उपलब्ध हुनुका साथै चुनिएका टिभी मोडलहरूको खरिदमा १२ महिनासम्मको निःशुल्क NetTV Subscription र निःशुल्क Soundbar लगायतका उपहारहरू प्राप्त गर्न सकिनेछ ।

ग्राहकहरूले ७ केजीदेखि १२ केजीसम्मका AI Ecobubble™ Washer Dryer, Front Load, FATL तथा SATL वासिङ मेसिनमा २३% सम्मको इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, Single-door, Double-door तथा Side-by-Side सामसङ रेफ्रिजेरेटरमा १७% सम्मको क्यासब्याक उपलब्ध छ ।

टिभीमा उपलब्ध अफरहरू:

 

सेगमेन्ट साइज अधिकतम क्यासब्याक निःशुल्क उपहार
AI Ecobubble™ Washer Dryer ९ - ११ केजी २३% -
AI Ecobubble™ Front Load ९ - १२ केजी २२% चुनित मोडलमा Surf Excel Matic (6KG)
Fully Automatic Top Load ८ केजी १२% चुनित मोडलमा Surf Excel Matic (1L)
Semi Automatic Top Load ७ केजी १२% -

 

रेफ्रिजेरेटरमा उपलब्ध अफरहरू:

सेगमेन्ट साइज अधिकतम क्यासब्याक
Side by Side ७०० लिटर ११%
5 in 1 ३५० – ४१९ लिटर १५%
Double Door २५३ - २७५ लिटर १७%
Single Door १९२ - २३० लिटर १५%

 

यसका साथै, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित सामसङ Insta Finance Service मार्फत ग्राहकहरूले सामसङका होम अप्लायन्सेसहरू २४ महिनासम्मको शून्य प्रतिशत EMI योजनामा खरिद गर्न सक्नेछन् । साथै, नयाँ सामानमा अपग्रेड गर्न चाहने ग्राहकले आफ्नो पुराना उपकरणहरू ArkoStore वा नेपालभर रहेका सामसङका आधिकारिक रिटेल स्टोरहरू मार्फत Exchange गर्न सक्नेछन् ।

यो अफर सीमित अवधिको लागि मात्र लागू गरिएको छ । थप जानकारीका लागि ग्राहकले आफ्नो नजिकैको सामसङ आधिकारिक स्टोरमा सम्पर्क गर्न सक्नेछन् ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।