सामसंगले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Galaxy Z Fold8 Ultra, Fold8, Flip8, Watch Ultra2 र Watch9

Aug 26, 2026 12:04 PM Merolagani



सामसंगकाे नयाँ Galaxy Z सिरिजले फोल्डेबल अनुभवमा नयाँ अध्याय सुरु गरेको छ। सामसंगले अल्ट्रा प्रोडक्टिभिटी, इमर्सिभ कन्टेन्ट अनुभव र व्यक्तिगत अभिव्यक्तिका लागि डिजाइन गरिएका तीन फरक फोल्डेबल अनुभवसहित नयाँ Galaxy Z सिरिज नेपालमा ल्याएकाे छ।

यससँगै थप उत्कृष्ट स्वास्थ्य व्यवस्थापनका लागि नयाँ Galaxy Watch डिभाइसहरू पनि सार्वजनिक गरिएको छ। कम्पनीले Galaxy Z Fold8 Ultra, Fold8, Flip8, Watch Ultra2 र Watch9 नेपालभर उपलब्ध गराएकाे छ। यसकाे बिक्री अगस्ट २६ देखि सुरु हुने कम्पनीले बताएकाे छ।

नयाँ Galaxy Z सिरिजप्रति ग्राहकहरूको उत्साह प्रि-अर्डरमै देखिएको कम्पनीकाे भनाइ छ। Galaxy Z Fold8 Ultra मा Violet Shadow सबैभन्दा लोकप्रिय रङ बनेको छ भने Galaxy Z Fold8 मा Lavender र Galaxy Z Flip8 मा Pink सबैभन्दा धेरै रोजिएको रङ बनेको छ।

नयाँ Galaxy Z सिरिज: तीन फरक फोल्डेबल अनुभव

Galaxy Z Fold8 Ultra ले सामसंगको प्रिमियम Ultra अनुभवलाई फोल्डेबल डिजाइनमा ल्याएको छ। ठूलो कार्यक्षेत्र, सुधारिएको क्यामेरा प्रणाली र शक्तिशाली प्रदर्शनसहित यो क्रिएटिभ काम तथा मल्टिटास्किङका लागि तयार गरिएको कम्पनीले जनाएकाे छ। यसको ८ इन्चको मुख्य डिस्प्ले ले प्रयोगकर्तालाई अझ ठूलो स्क्रिन स्पेस प्रदान गर्दछ।

Galaxy Z Fold8 नयाँ डिजाइनसहित आएको छ, जुन मानिसहरूले कन्टेन्ट हेर्ने, खोज्ने र अनुभव गर्ने तरिकालाई ध्यानमा राखेर बनाइएको हो। यसको डिस्प्ले अनुपात दैनिक प्रयोगका लागि सहज बनाइएको छ। कभर स्क्रिनबाट म्यासेजिङ, ब्राउजिङ र छोटो भिडियो हेर्नदेखि मुख्य 4:3 डिस्प्लेमा गेमिङ, पढाइ र इमर्सिभ भिडियो अनुभव लिन सकिन्छ।

Galaxy Z Flip8 सामसंगको सबैभन्दा आकर्षक Flip फोन हो, जसले व्यक्तिगत शैली र छिटो प्रयोगलाई प्राथमिकता दिन्छ। यसमा ५० MP क्यामेरा, ProVisual Engine र FlexCam अनुभव रहेको छ, जसले फोटो र भिडियो खिच्न अझ सहज बनाउँछ।

Galaxy Watch Ultra2Galaxy Watch9: हातमै सहज स्वास्थ्य व्यवस्थापन

Galaxy Watch Ultra2 र Galaxy Watch9 ले Galaxy अनुभवलाई अब हातसम्म विस्तार गरेका छन्। यी स्मार्टवाचहरूले दैनिक स्वास्थ्यसम्बन्धी जानकारीलाई अझ उपयोगी र व्यवहारिक सुझावमा परिवर्तन गर्न सहयोग गर्छन्। दुवै डिभाइस Snapdragon Wear Elite Platform द्वारा सञ्चालित छन् र निरन्तर स्वास्थ्य ट्र्याकिङ, उत्कृष्ट प्रदर्शन, आरामदायी प्रयोग र लामो ब्याट्री जीवनका लागि डिजाइन गरिएका छन्।

 उपलब्धता

नयाँ Galaxy डिभाइसलाई अझ सहज रूपमा खरिद गर्न सामसंगले २४ महिनासम्मको सजिलो EMI सुविधा उपलब्ध गराएको छ। यसले मासिक किस्ता रकमलाई कम गर्दै ग्राहकहरूलाई सामसंगको नयाँ प्रविधि सजिलै अपनाउन सहयोग गर्नेछ। यो प्रक्रिया सरल छ र यसको लागि नागरिकता मात्र आवश्यक पर्नेछ। अगस्ट २६ देखि Galaxy Z Fold8 Ultra, Fold8, Flip8, Watch Ultra2 र Watch9 नेपालभर उपलब्ध हुनेछन्। 

मोडल नाम

रङ

RRP

२४ महिनाको EMI

Galaxy Z Fold8 Ultra (12+512GB)

Violet Shadow / Graphite

रु ३,३९,९९९

रु ९,२२५

Galaxy Z Fold8 Ultra (12+256GB)

Violet Shadow / Graphite

रु २,९९,९९९

रु ८,१४०

Galaxy Z Fold8 (12+256GB)

Lavender / Graphite

रु २,७४,९९९

रु ७,४६२

Galaxy Z Flip8 (12+256GB)

Pink / Graphite

रु १,९४,९९९

रु ५,२९१

Galaxy Watch Ultra2

Black

रु १,२३,४९९

 

Galaxy Watch9

Black / Silver (44mm)

रु ७१,४९९

 

Black / Beige (40mm)

रु ६६,४९९

 

 




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।