नेपाल प्रिमियर लिग नेपाली क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको छ।
यसैबीच, एनपिएलको तेस्रो संस्करणका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आधिकारिक मान्यता प्रदान गरेको छ।
यस मान्यतासँगै प्रतियोगितामा खेलाडीहरूले बनाउने रन, लिने विकेट तथा व्यक्तिगत प्रदर्शन आधिकारिक टी–२० तथ्यांकमा समावेश हुनेछन्।
यसले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय रुपमा आफ्नो क्षमता प्रदर्शन गर्न र आधिकारिक तथ्यांकमा आधारित खेल जीवनको अभिलेख निर्माण गर्न थप अवसर प्रदान गर्नेछ।
साथै, एनपिएलको पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्स नेपाली क्रिकेटमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्ने सफल टोली हो।
पहिलो संस्करणको च्याम्पियनका रूपमा प्राप्त सफलताले टोलीलाई नेपाली क्रिकेटप्रेमीहरूमाझ लोकप्रिय बनाउनुका साथै मधेश प्रदेशको खेलकुद पहिचानलाई समेत थप उजागर गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार यस सहकार्यमार्फत मुक्तिनाथ विकास बैंकले जर्सीमा आफ्नो लोगो मात्र राखेको छैन, नेपालमा क्रिकेट मार्फत समुदायसँग जोडिने, स्थानीय प्रतिभा लाई प्रोत्साहान गर्ने तथा युवा सशक्तिकरणका लागि बैंकको पूर्ण सहयोगको प्रतिबद्घता व्यक्त गरेको छ।