नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँमा खरिद बिक्री भईरहेको छ। गत कार्तिक २ गते सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदी प्रतितोला तीन हजार ९५५ रुपैयाँमा किनबेच भएको छ। गत कार्तिक २ गते सोमबारको बजारमा चाँदी प्रतितोला चार हजार १८५ रुपैयाँमा खरिद बिक्री भएको थियो।