ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

Oct 26, 2026 12:10 PM Merolagani



ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले सन् २०२६ को ‘बेष्ट बैंक अवार्ड’ प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ग्लोबल फाइनान्सले प्रदान गर्ने उक्त अवार्डबाट बैंक लगातार तेस्रो वर्ष सम्मानित भएको हो। यसअघि बैंकले सन् २०२४ र २०२५ मा पनि यो अवार्ड प्राप्त गरेको थियो।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।

ग्लोबल फाइनान्सका अनुसार वित्तीय स्रोत परिचालन गर्ने क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, आधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, दिगो कर्जा प्रवाह र जोखिम व्यवस्थापनलाई मूल्याङ्कनको आधार बनाइएको थियो।

समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका विभिन्न वित्तीय संस्थालाई समेत सम्मान गरिएको थियो। बैंक अफ चाइना, स्टेट बैंक अफ इन्डिया, आईसीबीसी, यूओबी मलेसिया, सिटी बैंक बङ्गलादेश र एमयूएफजी बैंक जापानलगायतका बैंक विभिन्न विधामा पुरस्कृत भएका थिए।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ प्राप्त गर्ने पहिलो नेपाली बैंक हो। बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ तथा ‘बेष्ट बैंक नेपाल’ को उपाधि सन् २०२४, २०२५ र २०२६ मा लगातार प्राप्त गरिसकेको छ। बैंकले ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेष्ट इम्प्लोयर’ जस्ता सम्मान पनि प्राप्त गरेको जनाएको छ।

लगातार तेस्रो वर्ष अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेपछि बैंकले आफ्नो सेवा थप प्रभावकारी बनाउन यसले प्रोत्साहन मिलेको जनाएको छ। साथै, बैंकले आफ्नो प्रगतिमा सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियामक निकाय, शेयरधनी, कर्मचारी तथा ग्राहकप्रति आभार व्यक्त गरेको छ।




६२ कम्पनीले गरे लाभांश घोषणा, कसले कति दिए धेरै, कुन क्षेत्र अगाडि?

Oct 25, 2026 09:53 AM

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरूले चालु आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरूलाई लाभांश घोषणा गर्ने क्रम तीव्र बनाएका छन्। सूचीकृत कम्पनीहरूमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, जलविद्युत्, उत्पादनमूलक तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूले प्रतिफल घोषणा गरिसकेका छन्।