नाडा अटो शो–२०२६ को सम्पूर्ण तयारी पूरा, उपराष्ट्रपतिद्वारा भोलि उद्घाटन

Aug 24, 2026 02:59 PM Merolagani



यसवर्षको ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा भोलि भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा अटो मेला सञ्चालन हुनेछ ।

अटो–शो २०२६ मा २०० भन्दा बढी व्यवसायिक स्टलहरु रहने आयोजकले जनाएको छ । सोमबारसम्म स्टल निर्माणको काम धमाधम भइरहेको छ । उद्घाटनको पूर्वसन्ध्यामा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलगायतले मेलास्थल र स्टलको निरिक्षण समेत गरेका छन् ।

उनले अटो शोको सम्पूर्ण तयारी पूरा भएको र मंगलबार पुलिस क्लव भृकुटीमण्डको पेभेलियन हलमा कार्यक्रमको उद्घाटन हुने बताए । उनका अनुसार, अटो शोको उद्घाटन मंगलबार उपराष्ट्रपति रामसहाय यादवले गर्नेछन् ।

हाल प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, अटो पाट्र्स तथा कम्पोनेन्ट, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल निर्माणको काम धमाधम भइरहेको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यस वर्षको स्वर्ण जयन्ती संस्करणमा २०० भन्दा बढी स्टल रहनेछन्। करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदैछन् ।

प्रदर्शनीमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ सवारीसाधन, विद्युतीय सवारी, अत्याधुनिक प्रविधि तथा विभिन्न अटोमोबाइल उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ। त्यस्तै, करिब ७० वटा स्टलमा अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरण लगायतका सामग्री प्रदर्शन हुनेछन्। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको समेत सहभागिता रहनेछ ।

नाडा अटो शोको यस संस्करणलाई नाडाको ५०औँ स्थापना वर्षको स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना गरिँदैछ । त्यसैले यसपटकको प्रदर्शनीलाई विगतका संस्करणभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र आकर्षक बनाउने तयारी गरिएको आयोजकले जनाएको छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।