नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शो २०२६ को अवसर पारेर यस गाडीको खरिदमा १ लाख रुपैयाँ नगद छुट दिने घोषणा गरेको छ।
दुई साताअघि मात्रै ३३ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्यमा सार्वजनिक भएको पन्च ईभी अब नाडा अफर अन्तर्गत ग्राहकले ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्। सार्वजनिक भएको छोटो अवधिमै यो गाडीप्रति ग्राहकको अभूतपूर्व आकर्षण देखिएको छ। सिप्रदीका अनुसार दुई सातामै १ हजारभन्दा बढी युनिट बुकिङ भइसकेको छ भने हालसम्म २०० युनिट डेलिभरी समेत भइसकेको छ।

नयाँ पन्च ईभी ३० किलोवाट आवर र ४० किलोवाट आवरको दुई ब्याट्री विकल्पमा उपलब्ध छ। यो गाडीले ६५ किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ, जसका कारण २० देखि ८० प्रतिशतसम्म मात्र २६ मिनेटमा चार्ज गर्न सकिन्छ। कम्पनीका अनुसार मात्र १५ मिनेट चार्ज गर्दा यसले १३५ किलोमिटरको रेन्ज प्रदान गर्छ।
त्यस्तै, यस इभीमा वायरलेस चार्जिङ र भेन्टिलेटेड सिट, ३६० डिग्री क्यामेरा र एम्बियन्ट लाइटिङ, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल होल्ड एसिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम र आईएसओफिक्स चाइल्ड सिट माउन्ट जस्ता विशेषताहरू समावेश छन्।
टाटा पन्च ईभीको यो फेसलिफ्ट भर्सन नाडा अटो शोमा टाटाको स्टलमा मुख्य आकर्षणका रूपमा रहेको छ।