Sat, Oct 10, 2026
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा कालो चश्मा लगाएर उपस्थित हुनुपर्ने स्वास्थ्यसम्बन्धी प्रतिवेदन संघीय संसद् सचिवालयमा बुझाएपछि कालाे चश्माकाे चर्चा फेरि चुलिएकाे छ । सोही सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कटाक्ष गरेका छन्।
'प्रधानमन्त्रीको चश्मा कालो होस् कि सेतो, काम गरे भइहाल्यो। बिरालो कालो होस् कि सेतो, मुसा मार्न सक्नुपर्यो। त्यसैले कालो चश्मा कि सेतो चश्मा होइन, काम गर्ने चश्मा चाहिएको हो,' सामाजिक सञ्जालमा उनले लेखेका छन्।
एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।