सडक र पुललगायतका संरचनामा २ खर्ब बढीको क्षति पुगेको प्रारम्भिक अनुमान

Aug 26, 2026 04:29 PM merolagani



रसुवामा आएको बाढीका कारण सडक, पुललगायतका संरचनामा २ खर्बभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सडक, पुललगायतका भौतिक संरचनामा २ खर्ब बढीको क्षति पुगेको हुनसक्ने बताएका छन् ।

मन्त्री लम्सालले क्षतिग्रस्त पुल र सडकको पुनर्निमाणका लागि सरकार लागि पर्ने बताए । भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको यकिन विवरण आउन केही दिन लाग्ने मन्त्री लम्सालले बताए ।