भोटेकोशी बाढी पीडितका लागि नाडाको १० लाख सहयोग, अटो शो निरन्तर रहने

Aug 27, 2026 01:12 PM merolagani



नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

बुधबार भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै नाडाले बिहीबार एक विज्ञप्ति जारी गरी उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। नाडाले यो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने जानकारी दिएको छ।

हाल भृकुटीमण्डपमा १८औँ नाडा अटो शो चलिरहेको छ। प्रदर्शनीकै समयमा प्राकृतिक विपदको घटना घटे पनि नाडाले अटो शोलाई निरन्तरता दिने स्पष्ट पारेको छ। आर्थिक गतिविधिलाई चलायमान राख्दै विपदसँग जुध्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले कार्यक्रम नरोकिने नाडाको भनाइ छ।

नाडाले विज्ञप्तिमा भनेको छ, ‘आर्थिक गतिविधिलाई चलायमान राख्दै विपदसँग जुध्नुपर्ने अवस्था आएकाले नाडा अटो शो निरन्तर रहनेछ। यो विपदको बेलामा हातेमालो गर्दै आर्थिक गतिविधिलाई पनि सँगसँगै अगाडि बढाउन हामी सबैमा अपिल गर्दछौँ।’

अटो शोमा देखिएको उत्साह र व्यावसायिक माहोललाई कायम राख्दै सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितहरूलाई सहयोग गर्ने नाडाको यो कदमलाई सकारात्मक रूपमा लिइएको छ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।