माथिल्लो त्रिशुली ३ ए को सुरुङमा अड्किएका फोरम्यान साहलाई छाउनी ल्याइयो

Sep 04, 2026 12:16 PM Merolagani



माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका मेकानिकल फोरम्यान सञ्जय साहको आज सकुशल उद्धार गरी उपचारका लागि छाउनी ल्याइएको छ ।

शुक्रवार बिहान सुरुङबाट उद्धार गरी उहाँलाई काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा ल्याइएको हो । आयोजनाको सुरुङमा फसेका साहलाई लामो प्रयासपछि जीवितै उद्धार गरिएको हो । उद्धार पश्चात उनलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि ल्याइएको हो ।

साह सोही आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत रहेका थिए । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण उनी सुरुङमा फसेका थिए। बाढीका कारण हालसम्म १ हजार २ सय जनाको निधन भइसकेको छ । अझै २ हजार २ सय भन्दा बढी नागरिक बेपत्ता रहेका छन् ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।