Mon, Sep 14, 2026
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा तनाव भएको छ।
झापाबाट काठमाडौं आएका प्रसाईंलाई स्वागत गर्न विमानस्थलमा समर्थक तथा युट्युबरहरूको भीड जम्मा भएको थियो। विमानस्थल परिसरमै युट्युबरहरूसँग कुराकानी गर्दै भाषण गर्न खोजेपछि प्रहरीले उनलाई रोकेको थियो। प्रसाईंलाई प्रहरीले रोक्न खोजेपछि उनका समर्थक र सुरक्षाकर्मीबीच केहीबेर तनावको अवस्था सिर्जना भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको निवासतर्फ लगेको छ।
प्रसाईंलाई प्रहरीले रोक्न खोजेपछि उनका समर्थक र सुरक्षाकर्मीबीच केहीबेर तनावको अवस्था सिर्जना भएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको निवासतर्फ लगेको छ।
कालिञ्चोक दर्शन लिमिटेड (KDL) गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।