ग्यासको दुई मूल्य, उद्योगदेखि नजिकोलाई सस्तो अरुलाई महँगो

Sep 16, 2026 08:27 AM RSS



नेपाल आयल निगमले उद्योगदेखि ५० किलोमिटर दुरीका लागि ग्यासको नयाँ मूल्य कायम गरेको छ ।

यसअघि २१ सय ६५ रहँदै आएकोमा अबदेखि उद्योगबाट ५० किलोमिटरको दुरीमा रहेका उपभोक्ताहरूले दुई हजार ६० रुपैयाँमै ग्यास खरिद गर्न पाउने भएका छन् ।

आयल निगमले पेट्रोलियम पदार्थको भाउ भने यथावत् राखेको छ । भोटेकोशी बाढीको विपद्लाई मध्यनजर गर्दै मूल्य यथावत् राखेको निगमको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि त्यसअनुसार समायोजन नहुँदा पाक्षिक १ अर्ब ९१ करोड ६९ लाख घाटा रहेको निगमले बताएको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।