कृष्णभिरमा नयाँ ट्र्याक निर्माणको काम पूरा

Sep 16, 2026 11:16 AM Merolagani



पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा नयाँ ट्र्याक खोलिएको छ । प्रधानमन्त्रीको कार्यालयका अनुसार बुधबार बिहान नयाँ ट्र्याक निर्माणको काम पूरा भएको हो।

काम सम्पन्न भएसँगै बिहीबारदेखि पृथ्वी राजमार्गमा पूर्णरूपमा सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको छ।

भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभिर क्षेत्रमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। राजमार्ग अवरुद्ध भएपछि ठूला तथा साना सवारीसाधन वैकल्पिक सडकमार्फत काठमाडौं–आउजाउ गर्दै आएका थिए।

भदौ २८ गते केही हेभी सवारीसाधन सञ्चालन गराएर नयाँ ट्र्याकको परीक्षण गरिएको थियो। तर निर्माण कार्य पूर्णरूपमा नसकिएको भन्दै नियमित सवारी सञ्चालन गर्न दिइएको थिएन।

नयाँ ट्र्याक निर्माण सम्पन्न भएसँगै लामो समयदेखि अवरुद्ध पृथ्वी राजमार्गमा नियमित यातायात सञ्चालन हुने भएको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।