सरकारले नयाँ विधेयक ल्याउँदै, आमालाई ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनको स्याहार बिदा

Sep 16, 2026 11:47 AM Merolagani



कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयक संसदमा लैजाने तयारी भइरहेको बताएकी छन्। सामाजिक सञ्जालमार्फत मन्त्री गौतमले यस्तो जानकारी गराएकी हुन्।

व्यस्त जीवन, कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेका बेला अभिभावकलाई नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी पनि भएको मन्त्री गौतमले बताइन्। यही सोचसहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार भएको र अब मन्त्रिपरिषद् हुँदै संसदमा लैजाने तयारी भइरहेको उनले जानकारी दिइन्।

विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ। उनले यसलाई सुरक्षित मातृत्व र अभिभावकत्वका सन्दर्भमा महत्त्वपूर्ण नीतिगत परिवर्तन भएको भनेकी छन्।

‘बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन,’ उनले लेखेकी छन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।