नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले मुम्बई एल्लो,मुनशट ह्वाइट र ट्रामाक ब्ल्याक कलरमा हन्टर ३५० को बिक्री सुरु गरेको हो।
कम्पनीले नयाँ कलरअनुसार फरक–फरक मूल्य निर्धारण गरेको छ। मुम्बई एल्लो र मुनशट ह्वाइटको मूल्य ५ लाख ११ हजार रुपैयाँ तथा ट्रामाक ब्ल्याकको ४ लाख ८७ हजार रुपैयाँ तोकिएको छ।

हन्टर ३५० रोयल इनफिल्डको जे–सिरिज प्लेटफर्ममा आधारित मोटरसाइकल हो। यसमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड, एसओएचसी एयर एन्ड आयल कुल्ड इन्जिन दिइएको छ। ओबीडी–२ मापदण्डअनुसारको यो इन्जिनले अधिकतम २०.२ हर्सपावर र २७ एनएम टर्क उत्पादन गर्छ।
मोटरसाइकलमा ५ स्पिड गियरबक्स तथा स्लिप एन्ड असिस्ट क्लच उपलब्ध छ। ट्विन डाउनट्युब स्पाइन फ्रेममा निर्माण गरिएको हन्टर ३५० मा डिजिटल–एनालग एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर,ट्रिपर नेभिगेसन, एलईडी हेडलाइट र टेललाइट तथा टाइप–सी फास्ट चार्जिङ पोर्टसमेत दिइएको छ।
नियो–रेट्रो रोडस्टर डिजाइनमा रहेको हन्टर ३५० मा भेरियन्टअनुसार डबल डिस्क वा ड्रम ब्रेक तथा सिंगल र डबल च्यानल एबीएसको विकल्प उपलब्ध रहेको कम्पनीले जनाएको छ।