सुनचाँदीको मूल्य बढ्यो

Sep 20, 2026 10:52 AM Merolagani



असोज ४ गते, आईतबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला दुई हजार १०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँ खरिदबिक्री भएको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला तीन लाख तीन हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्य बढेको छ।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रवार चाँदी प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।




कुमारी बैंकको लाभांश घोषणा

Sep 16, 2026 10:14 AM

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।