नेपाल सुनचाँदी व्यवसायी महासंघको साप्ताहिक कारोबार तालिकाअनुसार, गत भदौ २७ गते शनिबार नेपाली बजारमा ३ लाख एक हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य एक हप्तापछि अर्थात असोज २ गते शुक्रबारसम्म आइपुग्दा प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

महासंघका अनुसार, भदौ २८ गते आइतबार सुनको मूल्य १२०० रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, भदौ २९ गते सोमबार भने १२०० रुपैयाँले नै घटेर प्रतितोला ३ लाख एक हजार रुपैयाँमै झरेको थियो ।
त्यस्तै, भदौ ३० गते मंगलबार पनि प्रतितोलामा ९०० रुपैयाँले घटेर उक्त दिन सुनको मूल्य ३ लाख १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, भदौ ३१ गते बुधबार भने प्रतितोलामा १ हजार ७०० रुपैयाँले बढेर ३ लाख १ हजार ८०० रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै, असोज १ गते बिहीबार भने एकैदिन २ हजार ३०० रुपैयाँले घट्दै सुनको मूल्य २ लाख ९९ हजार ५०० रुपैयाँमा झरेको थियो । र, हप्ताको अन्तिम दिन असोज २ गते शुक्रबार भने एकैदिन ३ हजार ६०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।