प्रोपर्टी विजार्डले पनि मार्जिन कारोबार सुविधा दिने

Sep 20, 2026 12:03 PM Merolagani



प्रोपर्टी विजार्ड लिमिटेड धितोपत्र दलाल नम्बर ६७ ले आफ्ना ग्राहकलाई मार्जिन कारोबार सुविधा दिने तयारी गरेको छ।

शनिबार काठमाडौंमा सम्पन्न कम्पनीको चौथो वार्षिक साधारणसभाले ग्राहकलाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउन चुक्ता पुँजीभन्दा बढी कर्जा लिएर आवश्यक तयारी गर्ने निर्णय गरेको हो।

साधारणसभाले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

 

अध्यक्ष उद्धव शिवाकोटीको अध्यक्षतामा सम्पन्न साधारणसभाले २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा प्राध्यापक ज्ञानमणि अधिकारीलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ।

सभाले कम्पनीको सञ्चालन तथा आगामी योजनासँग सम्बन्धित अन्य प्रस्तावसमेत पारित गरेको कम्पनीले जनाएको छ।




कुमारी बैंकको लाभांश घोषणा

Sep 16, 2026 10:14 AM

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।