भोलिदेखि आउँदो सोमबारसम्म राति र लामो दूरीको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

Sep 23, 2026 02:06 PM Merolagani



नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि असोज १२ गते सोमाबरसम्म रातिको समयमा तथा अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ।

 

महासंघले विज्ञप्ति जारी गर्दै यातायात सञ्चालन गर्नुअघि बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आफ्ना सदस्य तथा यात्रुलाई आग्रह गरेको हो।

अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भन्दै महासंघले यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राति र लामो दूरीको यात्रा नगर्न सरोकारवालालाई अनुरोध गरेको थियो।