कम्पनी सञ्चालक समितिको बैठकले यही असोज २९ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्ट दरबारमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश पारीत गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने ९ करोड ९ लाख १० हजार १३० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ४७ लाख ८४ हजार ६००.१४ रुपैयाँबराबरको नगद लाभांश छन्।
सभाले बोनस शेयर जारीपश्चात पुँजी वृद्धि गर्न कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनार्थ कम्पनीले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।