अघिल्लो कारोबार दिन अर्थात बुधबार ३६.२५ अंक घटेर २६१८.०३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७ अंक घटेर २६११.०२६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ७२ स्टक १५ लाख २ हजार ६६९ रुपैयाँबराबरको ३ हजार ४२५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने ४८ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।