अन्तर्राष्ट्रिय जगतमा पनि ‘बालेनकाे कालाे चस्मा’को चर्चा

Sep 25, 2026 01:49 PM Merolagani



प्रधानमन्त्री बालेन्द्र शाहको कालो चस्माकाे अहिले अन्तर्राष्ट्रिय जगतमा पनि चर्चा हुन थालेकाे छ । शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दा पनि शाहले आफ्नो पहिचान बनेको कालो चस्मा लगाएपछि यसकाे चर्चा भएकाे हाे ।

अमेरिकी पत्रिका ‘द न्युयोर्क टाइम्स’ले शाहको संयुक्त राष्ट्रसंघ यात्रा र राजनीतिक पहिचानबारे प्रकाशित समाचारमा उनको कालो चस्मालाई समेत विशेष रूपमा उल्लेख गरेको छ। समाचारमा ३६ वर्षीय प्रधानमन्त्री शाहले कालो चस्मामार्फत आफ्नो छुट्टै पहिचान बनाएको उल्लेख गरिएको छ।

यसअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘अल जजिरा’ले पनि शाहको कालो चस्मा नेपाली युवामाझ फेसनको प्रतीक बनेको उल्लेख गरेको थियो।

काठमाडौंको मेयर हुँदादेखि नै शाहकाे कालो चस्माले सवैकाे ध्यान तानेकाे थियाे । अहिले त्याे चर्चा संयुक्त राष्ट्रसंघको महासभासम्म पुगेको छ। यही कारण उनको कालो चस्मा नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय जगतदेखि मिडियामा समेत चर्चाको विषय बनेको हो।