हकप्रद निष्काशन गर्न राप्ती हाइड्रोले पायो विद्युत नियमन आयोगबाट स्वीकृती

Sep 28, 2026 10:07 AM Merolagani



विद्युत नियमन आयोगले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) लाई हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको छ।

आयोगले कम्पनीलाई १ बराबर ०.२५१४ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३० करोड ८१ लाख २६ हजार २५४ रुपैयाँ ३४ पैसा बराबरको ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

गत पुस २९ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले निर्णय गरी १ बराबर ०.४६६१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति मागेकोमा आयोगले असोज ८ ते १ बराबर ०.२५१४ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको हो।




दुई कम्पनीको शेयरमूल्य समायोजन

Sep 24, 2026 06:41 AM

असोज ८ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन भएको हो।