भारतबाट २५१ मेगावाट बिजुली आयात, बाढीपछिको माग धान्न सहज

Sep 29, 2026 01:44 PM Merolagani



गत भदौ १० र असोज ८ र ९ गते आएको बाढीका कारण जलविद्युत् आयोजनामा ठूलो क्षति पुग्यो । बाढीका कारण एक हजार मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनाबाट उत्पादन बन्द भयो ।

ठूलो क्षमता विद्युत् अवरुद्ध भएपछि देशको माग धान्न सरकारले भारतबाट विद्युत् खरिद गरेर आपूर्ति गरिरहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, बाढीपछि पनि भारतबाट २५१ मेगावाट बिजुली आयात भइ वितरण भइरहेको हो ।

प्राधिकरणका अनुसार, नेपालले भारतको सम्पतीया, रामनगर, रक्सौल र टकनपुरतर्फबाट बिजुली आयात गरेको हो । यो अवधिमा सम्पतीयाबाट ७० मेगावाट, रामनगरबाट ३६.४ मेगावाट, रक्सौलबाट ८९.२ मेगावाट र टनकपुरतर्फबाट ५५ मेगावाट बिजुली आयात गरेको हो ।

भारतबाट बिजुली आयात भएकाले पनि बाढीपछि विद्युत् आपूर्तिमा सहज भएको प्राधिकरणले जनाएको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।