मंगलबार नेप्से परिसूचक ९.६२ अंक घटेर २६०३.७१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार ५ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३६३ स्टकको ५१ हजार २७४ पटकको कारोबारमा ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार रुपैयाँबराबरको १ करोड १० लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य यस दिन सर्वाधिक ९.१८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सयपत्री हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०९० को मूल्य करिब साढे ६ प्रतिशत बढेको छ। कारोबारमा आएको सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईमूल्य सर्वाधिक ५.४४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ९९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सिद्धार्थ बैंकको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८७ प्रतिशत घटेको छ।