मन्त्रिपरिषद्को गत मंगलबार बसेको बैठकले विधेयक संसदमा पेस गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वीकृति दिएको थियो। सोही निर्णयअनुसार मन्त्रालयले विधेयक प्रतिनिधिसभामा दर्ता गराएको हो।
विधेयकमा संघीय निजामती सेवासम्बन्धी व्यवस्था, कर्मचारीको सेवा–सर्त, नियुक्ति, सरुवा, बढुवालगायत विषय समेटिएका छन्।