विभिन्न कलेजमा वित्तीय साक्षरता कार्यक्रम गर्दै ब्रिलियन्ट सेक्युरिटिज

Oct 02, 2026 04:44 PM Merolagani



ब्रिलियन्ट सेक्युरिटिजले काठमाडौंका विभिन्न कलेजमा वित्तीय साक्षरता तथा लगानी सचेतना कार्यक्रम सञ्चालन गरेको छ।

ट्राइटन एस।एस। एन्ड कलेज, कोटेश्वर तथा जेभियर इन्टरनेसनल कलेज, बौद्धलगायत विभिन्न शैक्षिक संस्थामा आयोजना गरिएको कार्यक्रममा विद्यार्थी तथा शिक्षकलाई वित्तीय ज्ञान, लगानीसम्बन्धी बुझाइ र पूँजी बजारबारे जानकारी प्रदान गरिएको कम्पनीले जनाएको छ।

 

कार्यक्रममा वित्तीय योजना, शेयर बजारका आधारभूत विषय, लगानीसम्बन्धी ज्ञान तथा पूँजीको उचित व्यवस्थापनलगायत विषयमा जानकारी दिइएको थियो। अन्तरक्रियात्मक सत्रमार्फत सहभागीले पूँजी बजारका महत्वपूर्ण अवधारणा बुझ्नुका साथै लगानीसम्बन्धी जिज्ञासा राख्ने र वित्तीय निर्णय गर्दा ध्यान दिनुपर्ने विषयबारे व्यावहारिक जानकारी लिएका थिए।

युवा पुस्तामा बचत, लगानी तथा वित्तीय व्यवस्थापनसम्बन्धी जिम्मेवार बानी विकास गर्ने र भविष्यमा सूचित तथा जिम्मेवार वित्तीय निर्णय लिन सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको ब्रिलियन्ट सेक्युरिटिजले जनाएको छ।

कम्पनीका अनुसार आगामी दिनमा पनि वित्तीय शिक्षा तथा लगानीसम्बन्धी सचेतना विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।

ब्रिलियन्ट सेक्युरिटिज नेपाल स्टक एक्सचेन्जको ब्रोकर नम्बर ८ हो। कम्पनीका अनुसार यसका ९५ हजारभन्दा बढी ग्राहक र तीनवटा शाखा कार्यालय रहेका छन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।