आन्तरिक राजस्व विभागले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा असोज महिनाको पहिलो १५ दिनको उपहार विजेता घोषणा गरेको हो ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा उपहार विजेताको घोषणा गरेका हुन् ।
नयाँ घोषणाअनुसार साहले १० लाख रुपैयाँको बम्पर उपहार प्राप्त गरेका छन् । उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार उपहार कार्यक्रमका लागि छनोट भएको विभागले जनाएको छ ।
उपहार विजेता साहलाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा। भीष्मकुमार भुषालले तत्काल फोन सम्पर्क गरी बधाई दिएका थिए । उनले पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार योग्य भएका थिए । विभागले बिल लिने उपभोक्ताका कारोबारलाई उपहार कार्यक्रममा समावेश गरेको थियो ।
तीमध्ये नगदमा कारोबार गरी बिल लिएका उपभोक्ताका २ लाख ४७ हजार ९७९ वटा कारोबार उपहारका लागि योग्य भएका थिए । त्यस्तै, अनलाइन तथा कार्डमार्फत भुक्तानी गरी वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताका ३ करोड १५ लाख ७० हजार ३०७ वटा कारोबार कार्यक्रममा समावेश भएका थिए ।
विभागले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने, खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानी विकास गर्ने तथा कारोबारलाई औपचारिक प्रणालीमा ल्याउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
कार्यक्रमअन्तर्गत बम्पर उपहारबाहेक दैनिक रूपमा समेत विजेता छनोट हुँदै आएका छन् । असोज १ देखि १५ गतेसम्म दैनिक एक लाख रुपैयाँका दरले प्रदान गरिने उपहारका विजेताको कुपनसमेत सार्वजनिक गरिएको छ ।
विभागका अनुसार उपभोक्ताले खरिद गर्दा बिल लिने र आफ्नो कारोबारलाई उपहार कार्यक्रममा सहभागी गराउँदा पुरस्कार जित्ने अवसर प्राप्त गर्नुका साथै कर प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन पनि योगदान पुग्नेछ ।
असोजको पहिलो १५ दिनमा मात्रै ३ करोडभन्दा बढी कारोबार उपहारका लागि योग्य हुनु उपभोक्तामा बिल लिने प्रवृत्ति विस्तार हुँदै गएको संकेतका रूपमा विभागले लिएको छ ।