अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान

Oct 03, 2026 10:15 AM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुईदिने भ्रमणका लागि अमेरिकाको राजधानी वासिङ्टन डीसी प्रस्थान गरेका छन् । विश्व बैंक समूहका अध्यक्ष अजय बांगाको निमन्त्रणामा अर्थमन्त्री वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल शुक्रबार त्यसतर्फ प्रस्थान गरेको हो ।

वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी)का उच्च अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

हालै भोटेकोसी नदीमा आएको बाढीका कारण भौतिक एवं आर्थिक पूर्वाधारमा पुगेको क्षतिको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालन गर्ने विषयमा विश्व बैंक र अमेरिकी सरकारका प्रतिनिधिहरूसँग विशेष छलफल हुनेछ ।

सडक, विद्युत् प्रसारण लाइन लगायतका महत्त्वपूर्ण पूर्वाधारमार्फत मुलुकमा रोजगारी र आर्थिक अवसरहरूको सिर्जना गर्न विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि पहल गर्ने विषयमा पनि छलफल हुनेछ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।