अर्थमन्त्री वाग्ले अमेरिकामा, अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता गर्ने

Oct 04, 2026 12:29 PM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। वासिङ्टन डीसीमा उनलाई कार्यवाहक राजदूत शरदराज आरनसहित दूतावासका पदाधिकारीहरूले स्वागत गरेका छन्।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा नेपाल–अमेरिका आर्थिक साझेदारी तथा सहयोग विस्तारसँगै पुनर्निर्माण, वित्तीय सुधार र नेपाललाई एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्ने विषयमा छलफल हुने बताइएको छ।

यस्तै, हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालन गर्ने विषयमा पनि विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल हुनेछ।

सडक, विद्युत् प्रसारण लाइनलगायत महत्त्वपूर्ण पूर्वाधारमा लगानी बढाउँदै नेपालभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने विषयलाई पनि भ्रमणका क्रममा प्राथमिकता दिइनेछ।

अर्थमन्त्री वाग्लेले भ्रमणका क्रममा अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) का उच्च पदस्थ अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग समेत उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।