राष्ट्रिय सहमतिको प्रश्नमा सबै दलबीच नवीन समझदारी गरौंः विश्वप्रकाश शर्मा

Oct 04, 2026 05:32 PM Merolagani



नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय सहमतिका प्रश्नमा सबै दलहरुबीच नविन समझदारी हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशन समारोहमा बोल्दै उनले अहिले शक्तिशाली सरकार र जिम्मेवार प्रतिपक्ष रहेको बेलामा सबै दलहरुबीच नविन समझदारी बनाउनुपर्ने बताए ।

उनले जलवायु परिवर्तनबाट नेपालले भोगेको समस्या र त्यसको समाधानका लागि सबै दलबीच साझा समझदारी  हुनुपर्ने बताए । ‘जलवायु परिवर्तनको मुद्दामा हामी सबै राजनीतिक दलबीच नविन समझदारी आवश्यक छ,’ उनले भने ।

उनले संविधान संशोधनको विषय पनि सबैको साझा दायित्व र अपनत्व हुनुपर्ने बताए । सरकारले संविधान संशोधन गर्दा संविधान निर्माणका बेला योगदान पुर्याउने र अहिले संसदमा नभएका दल र राजनीतिक नेतृत्वलाई समेटेर अघि बढाउनुपर्ने बताए ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।