विगतमा नागरिकका जायज मागमा हामी चुक्यौ, अब सच्चिनुपर्छः गगनकुमार थापा

Oct 04, 2026 06:30 PM merolagani



नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आम नागरिकका जायज माग पूरा गर्न विगतका सरकार र राजनीतिक दल चुकेको बताएका छन् । 

नेपाली कांग्रेसको १५ औं महाधिवेशन मूल समारोहमा बोल्दै उनले विगतका एक दुइ दशकमा आम नागरिकका जायज मागहरु पूरा गर्न आफुहरु चुकेको बताए ।

उनले विगतमा प्रधानमन्त्री पद म्युजिकल चेयरमा घुमेको र आम नागरिकका मुद्धा र जायज मागहरु पूरा गर्न चुकेको बताए । ‘हामीले विगतमा नागरिकका जायज माग पूरा गर्न चुक्यौं ।’ उनले बताए ।

अब नेपाली कांग्रेसले नयाँ पुस्ताको आवश्यकता र परिवर्तनको आकांक्षालाई बुझेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।