राष्ट्र बैंकले ३० करोड थान दुई रुपैयाँका सिक्का छाप्ने

Oct 05, 2026 11:16 AM Merolagani



नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान (३०० मिलियन) चलनचल्तीका सिक्का डिजाइन, छपाई (मिन्टिङ) तथा ढुवानीका लागि अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गरेको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै यसअघि सूचीकृत (पूर्व–योग्य / Pre-qualified) भएका अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीहरूबाट शिलबन्दी बोलपत्र माग गरेको हो। राष्ट्र बैंकले यस प्रक्रियाका लागि 'एकल चरण, दुई खाम' (Single Stage Two Envelope) विधि अपनाएको छ, जसमा प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा पेस गर्नुपर्नेछ।

बोलपत्र सम्बन्धी मुख्य विवरणहरू:

  • सिक्का संख्या र दर: २ रुपैयाँ दरका ३० करोड थान सिक्का

  • बोलपत्र खरिद गर्ने अन्तिम मिति: सन् २०२६ नोभेम्बर ३ कार्यालय समयभित्र

  • बोलपत्र दस्तुर: रु. २०,०००/- (अथवा १३१ अमेरिकी डलर / ११५ युरो)

  • प्रि-बिड (Pre-bid) बैठक: सन् २०२६ अक्टोबर १६ दिउँसो १२:०० बजे (मुद्रा व्यवस्थापन विभाग, थापाथली)

  • बोलपत्र पेस गर्ने अन्तिम मिति: सन् २०२६ नोभेम्बर ४ दिउँसो १२:०० बजेसम्म

  • बोलपत्र खोल्ने मिति र समय: सन् २०२६ नोभेम्बर ४ दिउँसो १:०० बजे

  • धरौटी रकम (Bid Security): कम्तीमा १ लाख ३२ हजार अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा/नेपाली रुपैयाँ (जसको म्याद सन् २०२७ अप्रिल ३ सम्म कायम हुनुपर्ने)

सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कालोसूचीमा परेका व्यक्ति वा संस्था तथा तिनका सञ्चालक संलग्न रहेका कम्पनीहरूले बोलपत्र प्रक्रियामा सहभागी हुन पाउने छैनन्। थप जानकारीका लागि राष्ट्र बैंकको आधिकारिक वेबसाइट (www.nrb.org.np/departments/cmd/) मा हेर्न सकिने सूचनामा उल्लेख छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।