अन्नपूर्ण राठी केबलको व्यापार १७ प्रतिशतले बढ्यो

Oct 05, 2026 05:20 PM Merolagani



राठी ग्रुपको अन्नपूर्ण राठी केबल इन्डष्ट्रिजको व्यापार एक वर्षमा १७ प्रतिशतले बढेको छ। 

कम्पनीले सन् २०२६ मा ३ अर्ब ८१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ। सन् २०२५ मा कम्पनीको व्यापार ३ अर्ब २५ करोड ७० लाख रुपैयाँ थियो।

 

कम्पनीको व्यापार सन् २०२५ मा ३१ प्रतिशतले र सन् २०२४ मा १७ प्रतिशतले वृद्धि भएको थियो। कम्पनीले घरायसी प्रयोजनका वायरिङ केबल, पावर केबल, एबीसीरएसीएसआर केबल तथा कन्सेन्टिक केबलको कारोबार गर्दै आएको छ।

कम्पनीको सञ्चालन नाफा मार्जिनसमेत सुधार भएको छ। गत आवमा कम्पनीको सञ्चालन नाफा मार्जिन १०.२६ प्रतिशत पुगेको छ, जुन सन् २०२५ मा ८.२१ प्रतिशत थियो। त्यसैगरी, कम्पनीले गत आवमा ५.२९ प्रतिशत खुद नाफा गरेको छ। सन् २०२५ मा खुद नाफा मार्जिन ४.२२ प्रतिशत थियो।

कम्पनीको ग्रस क्यास एक्रुअल पनि बढेको छ। गत आवमा यस्तो रकम २६ करोड रुपैयाँ पुगेको छ, जुन सन् २०२५ मा १७ करोड ४० लाख रुपैयाँ थियो।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।