नेप्सेको सीईओ छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका आधारमा पदपूर्तिका लागि आवेदन दिएका ८ जना उम्मेदवारमध्येबाट ४ जनालाई संक्षिप्त सूची (सर्टलिस्ट) मा समावेश गरेको छ। समितिले आज एक सूचना जारी गर्दै सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको मिति र समय सार्वजनिक गरेको हो।
सर्टलिस्टमा परेका उम्मेदवारहरू:
१. अनिल राज पौडेल
२. नवराज सापकोटा
३. नारायण प्रसाद सापकोटा
४. प्रताप सुवेदी
अन्तर्वार्ता र प्रस्तुतीकरणको तालिका: छनोट समितिले तोकेअनुसार चारैजना उम्मेदवारको अन्तर्वार्ता तथा प्रस्तुतीकरण आगामी असोज २३ गते अर्थ मन्त्रालय, सिंहदरबारमा हुनेछ।
अनिल राज पौडेल: बिहान ७:०० बजे
नवराज सापकोटा: बिहान ८:०० बजे
नारायण प्रसाद सापकोटा: साँझ ५:३० बजे
प्रताप सुवेदी: साँझ ६:३० बजे
समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई तोकिएको समयभन्दा ३० मिनेट अगावै अन्तर्वार्ता स्थलमा उपस्थित हुन निर्देशन दिएको छ।