नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु

Oct 06, 2026 01:29 PM Merolagani



नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रियाले गति लिएको छ । महाधिवेशनको तेस्रो दिन आज काठमाडौंको खुलामञ्चमा औपचारिक रूपमा उम्मेदवारी दर्ता शुरु भएसँगै चुनावी चहलपहल उत्कर्षमा पुगेको हो ।

पार्टीको केन्द्रिय नेतृत्वमा आसीन हुन चाहने आकांक्षीहरूले निर्धारित समयसीमाभित्र आफ्ना उम्मेदवारी दर्ता गराउन शुरु गरेका छन् । निर्वाचन समितिको सचिवालयले उम्मेदवारी दर्ताका लागि आवश्यक सबै व्यवस्था मिलाइएको जनाएको छ । खुलामञ्चमा स्थापित निर्वाचन स्थलमा बिहानैदेखि कार्यकर्ता तथा नेताहरूको बाक्लो उपस्थिति देखिएको छ । विभिन्न पदका लागि उम्मेदवारी दिने नेताहरू आफ्ना समर्थकहरूसहित निर्वाचन समितिको कार्यालय पुगिरहेका छन् । चुनावी रौनकले महाधिवेशन स्थलको माहोललाई थप उत्साहजनक बनाएको छ ।

पार्टीको विधानअनुसार सभापति, पदाधिकारी तथा केन्द्रिय सदस्य पदका लागि प्रतिष्पर्धा हुन लागेको हो । आगामी नेतृत्व चयन प्रक्रियालाई लिएर देशभरका प्रतिनिधिहरूमा ठूलो चासो देखिएको छ । निर्वाचन समितिले उम्मेदवारी दर्ताको प्रक्रिया व्यवस्थित बनाउन सुरक्षा व्यवस्थासहित विशेष प्रवन्ध गरेको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।