कांग्रेसको १५औँ महाधिवेशनः हालसम्म केन्द्रीय पदाधिकारीमा क-कस्ले दिए उम्मेदवारी ?

Oct 06, 2026 05:22 PM Merolagani



नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा जारी छ। काठमाडौंको खुलामञ्चमा उद्घाटन तथा बन्द सत्र सुरु भएसँगै राष्ट्रिय सभागृहमा विभिन्न पदका लागि उम्मेदवारी दर्ता भइरहेको छ।

महाधिवेशनमा सभापतिमा गगन थापा र  श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी परेको छ। खुला उपसभापतिका लागि चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, मीनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्।

समावेशी उपसभापतिमा विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार र रञ्जित कर्णको उम्मेदवारी परेको छ भने महिला उपसभापतिमा पुष्पा भुसालले उम्मेदवारी दिएकी छन्।

महिला महामन्त्रीतर्फ डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार बनेका छन्। खुला महामन्त्रीमा शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे र अमरसिंह पुनले उम्मेदवारी दिएका छन्।

सहमहामन्त्रीतर्फ पनि विभिन्न समावेशी समूहबाट उम्मेदवारी परेको छ। महिला सहमहामन्त्रीमा प्रतिमा गौतम, खुलातर्फ देवेन्द्रराज कँडेल, रामहरि खतिवडा र डिल्लीराम सुवेदीले उम्मेदवारी दिएका छन्।

पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा जीवनबहादुर शाही र मीन भाम, खस–आर्यतर्फ मनोजमणि आचार्य, अजयबाबु शिवाकोटी र जगदिश्वरनरसिंह केसीले उम्मेदवारी दिएका छन्।

त्यस्तै, आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा, थारुबाट तेजुलाल चौधरी र योगेन्द्र चौधरी, अल्पसंख्यकतर्फ आङगेलु शेर्पा, मुस्लिमतर्फ अब्दुल सत्तार र मधेशीतर्फ अभिषेकप्रताप शाहले उम्मेदवारी दिएका छन्।

दलित सहमहामन्त्रीमा लक्ष्मी परियार, प्रकाश रसाइली ‘स्नेही’, मानबहादुर नेपाली र नरेन्द्र पासवानको उम्मेदवारी परेको छ।

महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेकाले उम्मेदवारको संख्या अझै बढ्न सक्ने कांग्रेसले जनाएको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।