जल तथा मौसम विज्ञान विभागका अनुसार हाल काठमाडौं उपत्यकासहित बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा भइरहेको छ।
थप वर्षाको सम्भावना रहेकाले विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।